वि.सं:
नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३
परिचय
नेपालको संविधान २०७२ ले कुनैपनि नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा समयमै उपलव्ध गराउने सुनिस्चित गरेको छ । सोही संबैधानिक व्यवस्था अनुसार जारि जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियामावली २०७७ ले गरेको व्यवस्थाको आधारमा "क" र "ख" वर्गको एम्बुलेन्स मात्र संचालन अनुमति, राजस्व छुट तथा नियमनको लागि जिल्ला र प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिको व्यवस्था सहितको “राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०८२” भाद्र १८ गत्ते देखि लागु हुने गरि जारि गरेको छ।
बिरामी वा घाइतेलाई समयमै अस्पताल पुर्याउन नेपालमा पहिलोपटक बीर अस्पतालले एम्बुलेन्स सेवा सुरु गरेको थियो।यस निर्देशिकाले एम्बुलेन्स वा पुर्व-अस्पताल सेवालाई २४ सै घण्टा निर्वाध रुपमा सेवा प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्सको लागि संघ, प्रदेश र जिल्लामा केन्द्रिकृत प्रेषण केन्द्रमार्फत १०२ एम्बुलेन्स सेवालाई सहजशुलभ बनाउनका निमित्त “राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०८२” र "शव वाहन निर्देशिका 2077" ले निर्देशिकाले महवपूर्ण भुमिका खेलेको छ।
प्रादेशिक प्रेषण केन्द्र कोशी प्रदेश:
कोशी प्रदेश अन्तर्गत रहेका एम्बुलेन्सहरुलाई एकिकृत रुपमा सेवा संचालन गर्ने व्यवस्था मिलाउन प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति संग समन्यव गर्न प्रादेशिक प्रेषण केन्द्र स्वास्थ्य मन्त्रालयको मातेहतमा रहेको छ।प्रदेश भित्र रहेका एम्बुलेन्सहरुलाई एक द्वार प्रानालिबाट छिटो, छरितो रुपमा विरामी वा घाइतेलाई अस्पताल पुर्याउनु अगावै आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन स्रोत साधन सम्पन्न व्यवस्थित एम्बुलेन्स, प्रभावकारी संचार प्रणालीको व्यवस्था रहेको छ। प्रेषण केन्द्र मार्फत कोशी प्रदेशको जुनसुकै स्थानबाट तिन अंकको १०२ टोल फ्री नम्बरबाट नागरिकले सहज र सरलरुपमा आकस्मिक स्वास्थ्य सेवा सहितको सुविधासम्पन्न एम्बुलेन्स व्यवस्था प्रेषण केन्द्रले गराइने छ।
एम्बुलेन्स संग संक्षिप्त जानकारी: