वि.सं:
नेपाल संवत: ११४६ सिल्लागा दशमी - २५
२ भदौ, २०८२
सिंहदरबार वैद्यखाना विकास समिति र कोशी प्रदेश स्वास्थ्य मन्त्रालयबीच, सिंहदरबार वैद्यखानाद्वारा उत्पादन गरिएका आयुर्वेद औषधिहरू सार्वजनिक खरिद ऐन र नियमावली बमोजिम सोझै खरिद प्रक्रियामार्फत खरिद–बिक्री गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
उक्त सम्झौता कार्यक्रम कोशी प्रदेशका स्वास्थ्य मन्त्री माननीय भूपेन्द्र राईज्यूको रोहबरमा सम्पन्न भएको हो। यस अवसरमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप के.सी. बीच सम्झौता सम्पन्न भएको हो।