प्रदेश सचिव डा. राधिका थपलियाको विदाई तथा सम्मान कार्यक्रम

Government of Nepal

आदरणीय प्रदेश सचिव डा. राधिका थपलिया ज्यू,

कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमा कार्यरत रहनुभएको समयमा तपाईँले देखाउनुभएको समर्पण, इमानदारीपूर्ण नेतृत्व र स्वास्थ्य प्रणाली सुदृढीकरणमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

तपाईँको दूरदर्शी सोच, कार्यक्षमता र नेतृत्वदायी भूमिकाले मन्त्रालयलाई मात्र नभई सम्पूर्ण प्रदेशको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पुर्‍याउनुभएको योगदान दीर्घकालसम्म स्मरणीय रहनेछ।

यस विदाईको अवसरमा, आगामी जिम्मेवारीमा सफलता, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

कोशी प्रदेश स्वास्थ्य मन्त्रालय परिवार